राजनितीक संलगनता

भोजपुरको बिकट ठाउँमा मेरो जन्म भएको थियो। पछि बसाइ सरेर दिङ्गला गएपछि त्यहाँको राजनीतिक परिवेश र चेतनाले ममा ठुलो प्रभाव पार्यो।  दिङ्गला राजनीतिक र सामाजिक चेतनाले ओतप्रोत भएको ठाउँ हो। यस क्षेत्रमा बि सं २०३२ साल देखि नै बिद्यार्थी आन्दोलन भएको थियो।  यस क्षेत्रमा आइसके पछि मेरो संगत पनि त्यस्तै साथिहरुसंग संगत भयो।म राजनतिक गतिविधिमा संलग्न हुन थालेँ। त्यसबेला जनस्थरमा राजनैतिक चेतनाको बिकास भैसकेको थियो। या भनौ एउटा राजितीक जग थियो। २०४९ सालबाट औपचारिका रुपमै नेबि संघमा आवद्ध भएर बिद्यार्थी राजनीतिमा सक्रिय रहेँ।

बि सं २०५३ सालमा महेन्द्र बहुमुखी क्यामपसमा स्नातक अध्ययन गर्दै गर्दा स्ववियु निर्वाचन हुने भयो। उक्त निर्वाचनमा नेबि संघबाट मैले उपसभापतिमा उम्मेद्वारी दिएँ। त्यस बखत क्याम्पसमा हाम्रो संगठन केहि कमजोर थियो। संगठन बलियो नभएकै कारण चुनाब हारियो।  त्यस पछि संगठन बिस्तार र संगठनलाई अझ मजबुद बनाउदै विद्यार्थीमा नेबि संघ प्रतिको बिस्वास अझ बढाउने कार्यमा संलग्न भएँ।  त्यहि बेला बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जागिरे भएँ। जागिर गर्दै गर्दा पनि विभिन्न राजनतिक र सामाजिक गतिविधिमा संलग्न भइरहें। धरानमा हुने सबै प्रकारका सामाजिक अभियानहरुमा म अग्रपंक्ति मा नै हुने गर्दथें। विभिन्न राजनीतक घटना क्रमका बिच अगाडी बढ्दै जाँदा बि सं २०६२/६३ सालको जना आन्दोलनमा झन् सक्रिय भएर लागि परें। लाखौँ नेपालीहरुको त्याग, बलिदान र संघर्ष पछि आन्दोलन सफल भयो। म जस्ता हरेक आन्दोलनमा होमिनेहरुको सपना साकार भयो। आन्दोलन पछि म पार्टीको क्षेत्रीय समिति सदस्यमा मनोनित भएँ। पछि पार्टीले मलाई क्षेत्रीय समिती कोषाध्यक्ष जिम्मेवारी दियो।  २०६४ सालमा समिति पुनर्गठित भएपछी सहसचिवको जिम्मेवारी सम्हालें।

पछि नेपालि कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक एकीकरण भएपछी भने म क्षेत्रीय सचिव भएँ। पार्टीको बाह्रौं महाधिवेशनबाट पनि म सचिव पदमा नै चुनिएँ।  त्यस समयमा महाधिबेशन प्रतिनिधि हुँदै जिल्ला सदस्य सम्म भएँ। २०७२ सालमा भएको पार्टीको तेह्रौं महाधिवेशनबाट महासमिति सदस्य भएँ। म अहिले जिल्ला सचिव र जिल्ला प्रवक्ताको भूमिकामा रहेर पार्टीमा आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छु।  २०७६ सालमा धरान उप-महानगरपालिकाको उपनिर्वाचनको क्रममा नगरप्रमुखको दावेदारी पेश गर्दै बिपी प्रतिष्ठानको जागिरबाट राजिनामा दिएँ। पछि सहमतिमै हालका नगरप्रमुख तिलक राईलाई समर्थन गरेर आफु पछि हटें।  मेरा लागि राजनीति स्वार्थ भन्दा पनि जनताको सेवा हो, समाजको सेवा हो। आफ्नो स्वार्थ मात्र हेरेर गरिने राजनितीले जनताको भावना त सम्बोधन हुँदैन नै आत्मा सन्तुष्टि पनि मिल्दैन। 

राजनीती आफ्नो हक र अधिकारलाई संस्थागत गर्न गरिने संघर्षको एउटा मैदान पनि हो। नेपालामा आदिबासी, जनजाति, महिला, दलित, पिछडिएका समुदाय र वर्गको हक र अधिकार स्थापित गर्न निकै संघर्षहरु भए। म स्वयं त्यस्ता धेरै आन्दोलाहरुमा सहभागी भएको छु।  त्यस्ता धेरै आन्दोलनको नेतृत्व लिएकोछु। आदिबासी जनजातिहरुको हक हितका लागि आदिबासी जनजाति महासंघमा आवद्ध रहेर र राजनीतिक हिसाबले पनि बिभिन्न आन्दोलन र अभियान हामीले संचालन गर्यौं। त्यो बेला गरिएका आन्दोलनहरुले एउटा उचाइ हाँसिल गरेको थियो । धरान र पुर्वाञ्चलको आदिवासी जनजाति आन्दोलन तथा नेपाली काँग्रेसको विभिन्न मुभमेन्टको नेतृत्व गरिरहँदा केही उपलब्धीहरुसमेत प्राप्त भयो । हाम्रै जनजाति आन्दोलनले आरक्षणका कुराहरु संस्थागत भएका छन् । हामीलाई हेर्ने नजर परिवर्तन भएको छ ।

युवा अवस्थामा राजनीति एउटा लहडको रुपमा थियो। एक समयमा राजनीति शक्ति प्रदर्शन गर्ने ठाउँ हो जस्तो लाग्थ्यो। समाजमा केहि नेतृत्वमा रहेका व्यक्तिहरुले त्यस्तो माहोल बनाइदिएका थिए। चेतनाको बिकास हुँदै जाँदा राजनीतिको सहि मतलब बुझियो। राजनीति देश या समजालाई सहि ढंगले अधि बढाउने माध्यम हो। नीति निर्माणको तह देखि कार्यन्वयन सम्म, योजना छनौट देखि बिकास निर्माण सम्पन्न सम्म सबै कार्य राजनीति भित्र पर्छ। यसमा जनताको प्रतिनिधि भएर काम गर्न पाइन्छ। समाज र देशमा सुशान ल्याउने र जनतालाई स्थरिय जीवन यापन गर्ने वातावरण निर्माण गर्न सकिन्छ। आज सम्म त्यो स्थानमा पुग्न सकेको छैन तर पनि आफ्नो स्थरबाट गर्न सक्ने कार्य गरिरहेको छु।  कुनै दिन धरानबासिको र आम नेपाली जन समुदायको नेतृत्व गर्ने तहमा पुग्नेछु र अझ बढी सेवा गर्न पाउनेछु भन्ने कुरामा बिश्वस्त छु।

सामाजिक संलगनता

राजनिती भनेकै समाज सेवा हो। देश बलियो तब मात्र हुन्छ जब हरेक समाज आफैमा बलियो हुन्छ। यहि समाजलाइ बलियो बनाउन, शिक्षित बनाउन, समानता ल्याउन, जनताका आधारभूत आवश्यकताहरु पुरा गर्न र जनतालाई भयरहित जीवन यापन गराउन राजनीति गरिने हो।  अझ यहाँ आफ्नो स्वार्थ हेर्न थालियो भने देश कता तर्फ जान्छ, सोच्नु पर्ने हुन्छ।  म राजनीतिमा सक्रिय रहँदै गर्दा सामाजिक सेवाका धेरै गतिविधिहरुमा संलग्न छु। म २०४९ साल देखि तामाङ्ग घेदुङ्गमा आवद्ध भएर केन्द्रिय उपाध्यक्ष हुँदै तामाङ्गहरुको सस्कृति र परम्परा प्रवर्धनमा लागेको छु। हाल उक्त संस्थाको सल्लाकारको रुपमा छु। आदिबासी जनजाति महासंघमा २०४९ साल देखि संलग्न रहेको छु। आदिबासी जनजाति महासंघको जिल्ला समिति कोषाध्यक्ष, अध्यक्ष र पुर्वाञ्चल संयोजक हुँदै अहिले जिल्ला समिति सुनसरीको सल्लाहकारको रुपमा छु। म जनजाति महासंघमा सक्रिय रहंदा जातिय संग्रहालय स्थापनाका लागि जग्गा प्रवन्ध गरि शिलान्यास समेत भएको थियो।  संबिधान निर्माणको समयमा विभिन्न ठाउमा भएका आदिबासी जनजातिकोहरुको अधिकार प्राप्ति र ति अधिकारलाई संबिधानमा सुनिस्चित गर्नाका लागि भएका आन्दोलनहरुको नेतृत्व लिने काम गरेको छु।

त्यसै गरि नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य भएर सोसाइटीले गर्ने विभिन्न सामाजिक कार्यहरुमा संलग्न रहँदै आएको छु। त्यस्तै अहिले नेपाल परिवार नियोजन संघको सदस्य समेत रहेको छु।  त्यस्तै गरि तामाङ्ग बिद्यार्थी कल्याणकोष, लायन्स क्लब अफ धरान सिहदेवीको अध्यक्ष लगायतका विभिन्न संघ संस्थामा रहेर सामाजिक कार्यमा तत्पर रहेको छु। 

पुरस्कार र सम्मान

आदिवासी जनजातिको हक हित र अधिकार सुनिश्चितताका लागि मैले गरेको कामलाई मुल्यांकन गर्दै आदिवासी जनजाति महासंघले ६६ सालमा मलाई सम्मान गरेको थियो।

त्यस्तै गरि तामाङ घेदुङ, गुम्बा, जातीय संस्थाहरुबाट समेत विभिन्न समयमा सम्मानित हुँदै गर्दा अझै जोश र नयाँ जागरका साथ अगाडी बढ्ने हौसला प्राप्त भएको छ। यसरि सम्मान प्राप्त भैरहंदा आफुमा अझै जिम्मेवारी थपिएको अनुभूत हुँदो रहेछ र त्यो जिम्मेवारी निर्वाह गर्न म तत्पर छु।