नेपाल आदिवासी जनजाति महासंघ सुनसरीको वार्षिक क्लेन्डर प्रकाशन गरी विमोचन गरेको छ ।महासंघले बुधवार वहुजातिय संग्राहालय धरान –१४ को सभाहलमा कार्यक्रमको आयोजना गरी सो विमोजना गरेको हो ।महासंघका अध्यक्ष रामकुमार राई जिल्ला सल्लाहकार सुजेन्द्र तामाङ्ग,मिलिराम चौधरी लगायत ले संयुक्त रुपमा क्लेन्डर विमोचन गरेका थिए ।
कार्यक्रममा वोल्दै महासंघका उपाध्यक्ष गेल्वु शेर्पाले सरकारले जनजातिलाई सधै उपेक्षा गर्ने गरेको भन्दै आक्रोस व्यक्त गरेका थिए ।
कार्यक्रममा वोल्दै महासंघका सुनसरी अध्यक्ष राम कुमार राईले सरकारले जनजाति महासंघसंग यस अघि गरेको सहमति कार्यान्वयन गर्नको लागि आन्दोलनको विकल्प नभएको भन्दै महासंघले घोषणा गरेको आन्दोलनमा साथ दिन आवद्ध जातीय संस्थाहरुलाई आग्रह गरेका थिए ।
उनले आफ्नो अधिकार स्थापित गर्ने आन्दोलन गर्नको लािग सवै जातीहरु एक भएर आन्दोलनमा जुटनुको विकल्प नभएको उनको भनाई थियो । कार्यक्रममा सहभागी जातीय संस्थाका प्रतिनिधिहरुले सरकारले जनजातिहरुको मौलिक संस्कृतिका दिन दिदै आएको सार्वजनिका विदा कटौति गरेकोमा आक्रोस व्यक्त गरेकाछन् । चैत ३० गते े-aजिल्ला प्रशासन कार्यालय इनरुवामा ज्ञापन पत्र वुझाउने आन्दोलनको कार्यक्रमको घोषणा गरेको छ ।

पुरै पढ्न यहाँ जानुहोस

https://www.aujarnews.com/news/view?id=35