राजनीति प्रचलन मात्र हैन, राष्ट्र निर्माणको एउटा आधार पनि हो। त्यहि कुरालाई मध्यनजर गर्दै बिगत लामो समयबाट राजनैतिक क्षेत्रमा रहेर समाज र राष्ट्र निर्माणका लागि आफ्नो स्थानबाट प्रयत्नरत छु। राजनीति संग संगै विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध रहेर सामाजिक कार्यमा पनि अग्रसर हुँदै आइरहेको छु। हाल म ‘रिलायन्स लाइफ इन्स्योरेन्स, धरान’ को शाखा प्रबन्धकको रुपमा कार्यरत छु। त्यस अघि भने बि सं २०५६ साल देखि २०७६ सालसम्म बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत रहेर आफ्नो जिम्मेवारी निभाइसको छु। अहिले पेशा संग संगै नेपाली कांग्रेसकोको पृष्ठभूमिमा रानीतिमा सक्रिय रहेको छु। त्यस्तै गरि विभिन्न सामाजिक संघ संस्थामा रहेर सामाजिक गतिबिधि र सामाजिक दाहित्व निर्वाह गरिरहेको छु।

बि सं २०३० साल असोज २१ गते बुवा रामबहादुर तामाङ्ग र आमा लक्ष्मीकुमारी तामाङ्गको कोखबाट नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको षडानन्द नगरपालिका वार्ड नं ६ मा मेरो जन्म भएको हो। भोजपुर जिल्लाको एक बिकट गाउँ, खाप्ताङ्छामा बसोबास गर्ने एक निम्नवर्गीय परिवारमा मेरो जन्म भएको थियो। परिवारको मुख्य आम्दानीको स्रोत भनेको पराम्परागत कृषि नै थियो। हाम्रो परिवारको जीवन त्यसमा नै आधारित थियो। समयक्रममा बुबा बेलायति आर्मीमा भर्ति हुनुभएछी केहि सहज भएको थियो। हामी केहि पछि दिङ्गला बसाइ सर्यौं।

मेरो एसएलसी सम्मको शिक्षा दिङ्गलाकै अरुण माविबाट पुरा भयो। बि सं २०४८ साल देखि धरानको स्थायी बासिन्दा रहिआएको छु। हाल धरान उपमहानगरपालिका वार्ड नम्बर १५मा बसोबास गर्दै आएको छु। मैले व्यवस्थापन संकायमा महेन्द्र बहुमुखी क्याम्पस धरानबाट स्नातक उत्तीर्ण गरेँ। म अहिले महेन्द्र बहुमुखी क्याम्पस धरनबाटै पोलिटिकल साइन्समा स्नाकोत्तर गरिरहेको छु।