नेपालमा विभिन्न समयमा व्यवस्था परिवर्तन संगै धेरै आन्दोलनहरु भए, अभियानहरु सञ्चालन गरिए । तर जुन उदेश्य राखेर आन्दोलनहरु गरिए, खालि व्यवस्था मात्र परिवर्तन भयो,जनताले प्रतक्ष्य रुपमा त्यसको प्रत्याभूति पाएनन। एउटा शाषकको बदलामा अर्को शाशक आए जस्तो मात्र रह्यो। प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जस्ता महत्वपुर्ण परिवर्तनहरु ल्याउन गरिएका समय समयका गरिएका आन्दोलन र क्रान्तिको उपलब्धि यहि हो भनेर हामीले भन्न सकेको अवस्था छैन।